अछामको पञ्चदेवल विनायक नगरपालिकास्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी सहायक महिला विकास अधिकृत भावना कुमारी शर्माको निधन भएको छ । बुधबार बिहान ललितपुरको जाउलाखेलस्थित ब्लड अस्पतालमा उनको उपचारका क्रममा निधन भएको नगरपालिकाले जनाएको छ ।
यद्यपि उनको मृत्युको कारण भने नगरपालिकाले खुलाएको छैन । नगरप्रमुख अम्बिका चलाउनेले मृतक शर्माको शुक्रबार अन्तिम श्रद्धाञ्जलाीको लागि नगरपालिकाको कार्यालयमा राखिने बताइन् ।
मृतक शर्मा पञ्चदेवल विनायक नगरपालिका ३ की स्थायी बासिन्दा हुन् ।
प्रतिक्रिया दिनुहोस्