

धादिङको थाक्रे गाउँपालिकाको कार्यालय अब आफ्नै भवनबाट सञ्चालनमा आउने भएको छ ।
स्थानीय तहको घोषणा भएदेखि महादेवबेशी बजारमा भाडाको घरबाट सञ्चालन हुंदै आईरहेको गाउँपालिकाको कार्यालय २०८० मंसिर ३ गते देखि औपचारिक रुपमा आफ्नै भवनबाट सञ्चालन हुन लागेको हो । महादेबबेसी वजारबाट ३०० मिटर दक्षिण तर्फ बनेको सुविधा सम्पन्न भवनबाट गाउँपालिकाको प्रशासनिक सेवा प्रवाह हुने भएपछि थाक्रे गाउँपालिकाका वासिन्दाले खुसी व्यक्त गरेका छन् ।
यस अघि आफ्नै भवन नहुंदा व्यक्तिको घर भाडामा लिएर विभिन्न सेवाहरु अलग अगल ठाउँबाट प्रवाह हुने गरेकोमा अव भने एउटै भवनमा प्रवेश गरेपछि गाउँपालिकाबाट पाउने सेवा सुविधा दिन सजिलो हुने पालिका अध्यक्ष राम कुमार आचार्यले बताए । साविकको थाक्रे, केवलपुर, तसर्पु , भुमेस्थानका सबै भूभाग र गोगनपानी गाविसको ५, ६, ७ र ८ वडालाई समेटेर थाक्रे गाउँपालिका वनेको हो । यस गाउँपालिकामा ११ वटा वडा रहेका छन ।
प्रतिक्रिया दिनुहोस्