नगर क्षेत्रमा संचालित इ–रिक्सा र टेम्पुले यात्रुसँग मनपरी भाडा लिएको गुनासो बढेपछि बुटवल उपमहानगरपालिकाले यस्ता सवारी संचालनमा अंकुश लगाउन थालेको छ । उपमहानगरपालिकाले निर्णय नै गरेर नगरक्षेत्रमा चल्ने यस्ता सवारी साधनमा सबैले देख्ने गरी भाडादर उल्लेख गर्नुपर्ने नियम बनाइदिएको छ ।
नगरपालिकाका अनुसार इ–रिक्सा र टेम्पो चालकले सवारी धनी र चालकको फोटोसहितको परिचयपत्र र भाडादर सवैले देख्ने गरी सवारी साधनमा नराखे कारवाही हुनेछ । नगरपालिकाका अनुसार यस्ता सवारीले आफ्ना कागजात नविकरण गरेको हुनुपर्नेका साथै नगरपालिकालाई तिर्नुपर्ने इजाजत शुल्कसमेत मंसिर मसान्तसम्ममा अनिवार्य तिरेको हुनुपर्ने नियम बनाएको छ ।
नगरक्षेत्रमा चल्ने यस्ता सवारीका चालकले मादक पदार्थ सेवन गर्न नपाउने, सवारीमा कुनै प्रकारका विज्ञापन राख्न नपाउने, उपमहानगरको इजाजत नलिइ सवारी संचालन गर्न नपाउने, जथाभावी पार्किङ गर्न नपाउनेलगायतका नियम पनि बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्