

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भएको दीपावली कप महिला भलिबल प्रतियोगिताको उपाधि लिटल स्टार फाखेलले उपाधि हात पारेको छ । बत्साला देवी सिस्नेरी र लिटल स्टार फाखेलबीच भएको प्रतियोगितामा फाखेलले जितेको हो ।
प्रथम भएसंगै लिटल स्टार फाखेलले नगद १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएका छन् । दोस्रो हुने वत्सलादेवी सिस्नेरीले उप विजेतामा चित्त बुझाउँदै नगद ५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र र एउटा भलिबल पाएको छ । प्रतियोगिताका विजेता तथा उप विजेताहरुलाई इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण कार्यक्रममा गाउँपालिाकाका पूर्व अध्यक्ष जीवन लामा, ४ नम्बर वडाध्यक्ष चन्द्र कुमार बल, सुरक्षाकर्मीलगायतकाको आतिथ्यता रहेको आश बहादुर ब्लोनले पालिका प्रेसलाइ जानकारी दिए ।
इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ मा रहेको फाखेलचौरमा १९ कात्तिकबाट शुरु भएको प्रतियोगितामा पालिका क्षेत्रका महिला भलिबल टिमहरुबीत प्रतिस्पर्धा भएको थियो ।
फोटो सौजन्यः आश बहादुर ब्लोन
प्रतिक्रिया दिनुहोस्