सरकारले बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचनाजारी गर्दै निजी खेत, खला, बारीमा आउने सानो जातको बँदेलबाहेकको जंगली बँदेललाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को नियम ३६ ले दिएको अधिकार प्रयोग गरी घोषणा गरिएको छ ।
जंगली बँदेलले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानि–नोक्सानी पुर्याएमा किसान एक्लै वा सामूहिक रूपमा त्यस्तो बँदेललाई धपाउन, लखेट्न वा मार्न पनि पाउनेछन् । जंगली बँदेललाई पक्रिएको खण्डमा सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्षण, सिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्रको कार्यालय, डिभिजन कार्यालयमा बुझाउनुपर्ने र उक्त सूचना स्थानीय वडा कार्यालयमा समेत दिनुपर्ने राजपत्रमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्