मकवानपुरगढी गाउँपालिका मकवानपुरले कार्यालय समय सुरु हुनु अघि राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको छ । यसरी राष्ट्रिय गान गायर कामको शुरुवात गर्ने यो पालिका जिल्लाको दोस्रो हो । यसअघि स्थानीय तहको दोस्रो निर्वाचन पश्चात् मकवानपुरकै इन्द्रसरोवर गाउँपालिकाले राष्ट्रिय गान गायर कार्यको थालनी गरेको थियो ।

मकवानपुरगढीले यहि ६ मंसीरदेखि कार्यालय समय सुरु हुनु भन्दा पहिला राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको हो । कर्मचारीलाई समयमै कार्यालय उपस्थित गराई राष्ट्रिय गानको सम्मान एवं राष्ट्प्रति भाव बढाउने उद्देश्यले राष्ट्रिय गानबाट सेवा सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले बताए । प्रत्येक दिन कार्यालय समय सुरु हुनु पूर्व कर्मचारीहरु पोशाकमा सजिएर राष्ट्रिय गान गाएर मात्रै काम सुरु गर्ने गरी उक्त कार्यको थालनी गरेको कार्कीको भनाई छ । कर्मचारी र सेवाग्राहीमा अनुशासन तथा राष्ट्रप्रतिको भाव अभिवृद्धि गर्न राष्ट्रगानबाट कार्यालयको सेवा सुरु गरिएको कार्कीले बताए ।

राष्ट्रिय गानबाट कार्यालयको काम सुरु गर्दा समयमै कर्मचारी कार्यालयमा उपस्थिति हुने,राष्ट्रप्रतिको माया विश्वास र समपर्ण भावलाई झल्काउनुका साथै सेवाग्राहीलाई समयमै सेवा प्रदान गर्न सकिने र कार्यालयको काम समयामानै हुने विश्वास आमा जनसमुदायमा पुराउन सकिने भएकाले पालिकामा यस्तो कार्यको थालनी गरिएको गाउपलिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए ।

पालिका प्रेस
थप जानकारी