बागमती प्रदेशमा खरको छानामुक्त गर्न ८ करोड रुपैयाँ खर्च गरिदै छ । चालु आर्थिक वर्षमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गरिबीका कारण अहिले पनि खरको छाना छाएर घरमा बस्न बाध्य भएका परिवारलाई लक्षित गरेर यो कार्यक्रम ल्याएको हो ।

केही वर्ष अगाडी देखिनै खरको छाना मुक्त कार्यक्रम प्रदेश सरकारले सञ्चालन गरेको थियो । यो कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्रदेशका १३ वटै जिल्लाका बिकट बस्तीमा खरको छानामुनी बस्दै आएका परिवारलाई जस्ता लगाइदिने कार्यक्रमका लागि यो बजेट खर्च गर्न लागिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

मकवानपुर सहित प्रदेशका बिभीन्न जिल्लामा अहिले पनि कच्ची घरहरुमा खरको छाना छन् । मकवानपुरमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले खरको छानामुक्त कार्यक्रम केही वर्ष अगाडी देखि लागू गरेर जस्ता वितरणको काम गरेपनि अहिले सम्म जिल्लामा खरको छानामुक्त भने हुन सकेको छैन ।

पालिका प्रेस
थप जानकारी