मकवानपुरको थाहा नगरपालिकामा रहेको पालुङ जेसिजले सप्ताह व्यापी विविध कार्यक्रम गरी जेसिज सप्ताह गर्ने भएको छ । यहि मंसिर १५ गतेबाट १७ गतेसम्म कार्यक्रम संचालन गर्ने गरी कार्यक्रम तालिका बनाउँदै पालुङ जेसिजले मुल कार्यक्रम संयोजक अञ्जय प्रधानको संयोजकत्वमा विविध कार्यक्रमहरु तय तय गरेको छ ।

जस अन्तर्गत मंसिर १५ गते जेसिज सभाहलमा सप्ताहको उद्घाटन बिहान ७ बजे हुने छ भने सोही दिन बिहान १० बजे श्री सेतीगणेश निमावि थाहा ३ मा भरत–रत्न छात्रवृत्ति कार्यक्रम हुने छ भने ११ बजे थाहा ४ किटेनीमा रहेको किरातेश्वर जेष्ठ नागरिक मिलन केन्द्रमा निशुल्क आँखा शिविर हुने छ । मंसिर १६ गते बिहान ७ बजे जेसिज मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगिता ब्याडमिन्टन कभर्डहलमा हुदा दिउँसो ४ बजे जेसिज सभाहल परिसरमा जेसिज बगैचा निर्माण गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी मंसिर १७ गते जनकल्याण माबिमा बिहान ७ बजे जीवन परिवर्तन बिषयक सेमिनार हुने र दिउँसो १ बजे डाँडाघरे बा को होमस्टेमा समापन तथा पुरस्कार वितरण कार्यक्रम हुने जेसिज सप्ताह २०२३ का सह मुल कार्यक्रम संयोजक प्रकाश बहादुर चन्दले जानकारी दिए ।

jesi-1701006933.jpg

पालिका प्रेस
थप जानकारी