काठमाडौं महानगरपालिकाले विद्यार्थी र अभिभावकलाई विद्यालयले अनावश्यक पाठ्यपुस्तक किन्न लगाए कारबाही गर्ने जनाएको छ । महानगरपालिकाको शिक्षा विभागले राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको स्वीकृति नलिईकन र महानगरपालिकाको शिक्षा ऐन विपरीत केही विद्यालयले स्वीकृत नभएका पाठ्यक्रम तथा पाठ्यपुस्तक पठनपाठन गरेको पाइएको भन्दै यस्तो निर्देशन पठाएको हो ।

महानगरका सबै विद्यालयमा पठाएको पत्रिमा पाठ्यपुस्तक किन्नका लागि विद्यार्थी तथा अभिभावकलाई बाध्य गर्ने गरेको भन्दै कारबाही गर्ने चेतावनी समेत दिएको छ ।विद्यालयले नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक अनिवार्य रुपमा लागू गर्नुपर्ने भन्दै न्य सहयोगी पाठ्यपुस्तकहरु पढाउन आवश्यक देखिएमा परिषदको स्वीकृति लिनुपर्ने जनाएको छ ।

यस्तै महानगरपालिका क्षेत्रभित्रका विद्यालयले महानगरपालिकाले तोकेबमोजिमको पाठ्यपुस्तक लागू पर्ने समेत सवै विद्यालयलाई निर्देशन दिएको विभागका प्रमुख सिताराम कोइरालाले जानकारी दिए ।‘नेपाल सरकारबाट स्वीकृत र पाठ्यक्रम विकास केन्द्र, सानोठिमीमा सूचीकृत भएका पाठ्यपुस्तक मात्र (अंग्रेजी व्याकरण तथा अंग्रेजी शब्दकोष बाहेक) पठनपाठन गर्ने व्यवस्थाका लागि सवै विद्यालयलाई सूचित गरिन्छ । कुनै विद्यालयले यस सूचना विपरीत पाठयक्रम तथा पाठ्यपुस्तक लागू गरेको पाइएमा कारबाही हुने छ,’ महानगरले विद्यालयमा पठाएको निर्देशनमा भनिएको छ ।

पालिका प्रेस
थप जानकारी