![](http://mail.palikapress.com/wp-content/uploads/2023/11/398310842_1534650497313002_9073374694753318845_n-1024x504.jpg)
नेपाल स्काउट बागमती प्रदेशको आयोजनामा भएको ‘युथ फोरम २०२३’ र ‘स्काउट पिस एण्ड सेक्युरिटी तथा युुथ फोरम कार्यक्रम ५ दिने तालिम’ मंगलबार हेटौँडामा समापन भएको छ । नेपाल स्काउट बागमती प्रदेश संयोजक शिवराम अर्यालको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा स्काउटका केन्द्रिय संयोजक लोकबहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
फिण्डल्याण्ड नेपाल साझेदारी परियोजना अन्र्तगत दुुइ दिन संचालन भएको शान्ति र सुुरक्षा तालिम कार्यक्रममा प्रोजेक्ट अफिसर प्रकृति उप्रेतीले सहजीकरण गर्नु भएको थियो । विश्व स्काउटको युुवा सहभागीतको विषयलाई लिएर बागमती प्रदेश स्तरीय युुथ फोरम २०८० सम्पन्न भएको छ । नेपाल स्काउटका राष्ट्रिय निर्देशक राम भट्टराईले विश्व स्काउट युुवा कार्यक्रम, युवाका सवाल र युुथ फोरमको अवधारणा बारे सहजीकरण गर्नु भएको थियो । यवाको सहभागीता , नीति निर्माण र यवाका विकाशका सवालमा कार्यक्रमहरु निर्माण गर्नको लागि नेपाल स्काउटले बागमती प्रदेशको युुथ फोरम गठन गर्नको लागि १३ वटै जिल्लाबाट आएका विभिन्न स्काउट क््रयूू बाट आएका युुवा सहभागीहरुले नयाँ कार्यसमिति पनि चयन गरिएको थियो ।
नेपाल स्काउटका केन्द्रिय समिति सदस्य विजेन्द्रलाल धोजु, स्काउट बागमती प्रदेश सदस्य अशोक सारु मगर, महेन्द्र राना, मकवानपुर जिल्ला पूर्व आयुक्त बेली थापा, पूर्व जिल्ला समन्वय आयुक्त ध्रुव विष्ट लगायतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्