नेपाली कथानक चलचित्र प्रकाश नेपाली समाजको यथार्थता भएको कलाकारले बताएका छन् । थाहा फिल्म फेस्टिभलमा प्रदर्शनीमा राखिएको उक्त फिल्म १२ मंसिरमा प्रलर्शन गरिएको थियो ।

चलचित्र प्रकाश हेर्न थाहानगरका दर्शकहरु पालुङ जेसिज सुभाहलमा जम्मा भएका थिए । १५ मंसिरसम्म सञ्चालन हुने फिल्म फेस्टिबल थाहानगरमै पहिलो पटक आयोजना गरिएको हो ।

‘चलचित्र प्रकाश समाजको यथार्थतामा आधारित कथा हो । यसको मुख्य भूमिकामा अभिनय गर्न पाउँदा मलाइ खुसी लागेको छ’, दर्शकहरुले प्रसितक्रिया दिए । ‘चलचित्र जुम्लामा छायाङ्कन गरिएको भए पनि नेपाली समाजको यथार्थता, भोगाइलाई तथा समस्यालाई कथामा देखाउन खोजिएको छ ।’ चलचित्रमा जुम्लाको गरिब परिवारको विपन्नतामा हुर्केका एक सदस्य प्रकाशको शिक्षक बन्ने सपना र त्यससँग उनको सपना पूरा गर्न जोडिएका विभिन्न घटनाक्रमलाई प्रस्तुत गर्न खोजिएको छ ।

आफ्नो सपना पूरा गर्न गर्नुपर्ने विविध सङ्घर्षको कथालाई चलचित्रले देखाउन खोजेको बताउँदै उनले प्रकाशले आफूलाई कलाकार बनाएको उल्लेख गरे । पोखरेलीबाट आफूले माया पाइरहेको बताउँदै खड्काले चलचित्र प्रकाशलाई सफल बनाउन पनि पोखराबाट महत्त्वपूर्ण सहयोग मिल्ने आशा व्यक्त गरे । चलचित्रकी नायिका दिया मास्केले कुनै पनि पुरुषको हरेक सफलतामा महिलाको हात हुने कुरालाई आफ्नो भूमिकामार्फत देखाउन खोजेको धारणा राखिन् ।

नेपाली जनजीवनलाई वास्तविकरुपमा चित्रण गरिएको उल्लेख गर्दै उनले अभिनयका क्रममा देखे भोगेका विभिन्न अनुभव सुनाइन् । पोखरा आफ्नो घर भएकाले पनि यहाँबाट अत्यधिक माया पाइने मास्केको विश्वास छ । चलचित्र लेखक विकास सुवेदीले ‘प्रकाश’ सबैको कथा भएको बताउँदै जीवन सङ्घर्षको पहाड भएको विषयलाई चलचित्रले स्पष्टरुपमा चित्रण गर्न खोजेको बताए ।

पत्रकारिता क्षेत्र हुँदै आफू चलचित्रमा प्रवेश गरेको अनुभव सुनाउँदै उनले पत्रकारिताका क्रममा देखे भोगेका विविध समस्यालाई चलचित्रमा उतारिएको बताए । ‘एक गरिब परिवारमा जन्मेको व्यक्तिले शिक्षक बन्न गर्नुपरेको सङ्घर्षलाई चलचित्रमा प्रस्तुत गर्न खोजिएको छ’, उनले भने, ‘यो सबैको कथा हो, समाजको वास्तविकता हो ।’

चलचित्रमा प्रकाश घिमिरे, राजन खतिवडालगायतका कलाकारको अभिनय गरेका छन् । निर्माता महेन्द्र अधिकारी रहेको चलचित्र विनिस इन्टरटेन्मेन्ट ब्यानरमा निर्माण गरिएको हो ।

फिल्म फेस्टिबलमा नेपाली चलचित्र प्रकाशसहित जुनुको जुत्ता, सर्ट फिल्म, सनाई सर्ट फिल्म प्रदर्शनी गरिएको थियो । जुनको जुत्ता लघुचलचित्रको विषयमा पोल्याण्ड र बेल्जिएमको कक्षा ५ सम्मका बालबालिकालाइ कोर्षमै पढाइ गरेको छ । यसका निर्देशक केदार श्रेष्ठ हुन् । श्रेष्ठ पनि फेस्टिबलमा आएका थिए ।

पालिका प्रेस
थप जानकारी