मकवानपुरको थाहा नगरपालिकामा १४ मंसिरबाट चौथो थाहा महोत्सव शुरु हुँदैछ । ‘कृषि, पर्यटन, पूर्वाधार–आर्थिक विकासको मूल आधार’ नाराका साथ थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा थाहा नगरपालिकाको आयोजना र ईन्द्रायणी काला भैरव गुठिको सह आयोजनामा मंसिर २५ गतेसम्म थाहा नगरमा बृहत थाहा कृषि, पर्यटन तथा व्यापार साँस्कृतिक महोत्सव सञ्चालन हुँदैछ ।

विहान ९ः३० बजे थानाबजारबाट बाजागाजासहित र्‍याली सुरु भई महोत्सव स्थलमा पण्डितबाट स्वस्तिक वाचन गरी प्याराग्लाइडिङबाट पुष्प वृष्टि गरी महोत्सवको उद्घाटन गर्ने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले गर्ने छन् ।

कृषि पर्यटनलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजित महोत्सवमा लोपोन्मुख सामानहरुको प्रदर्शनी, कृषि उपज, अटो प्रदर्शनी, सूचना प्रविधि सम्बन्धि जानकारी, दैनिक उपभोग्य सामाग्रीको बिक्रीलगायत २ सय ३० वटा स्टल रहन्छ । साथै रोटे पिङ, मवतका कुवा, बाल उद्दानका सामाग्री, ड्राइगन रेल पनि सञ्चालन हुनेछ ।’ थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले भने –‘हरेक दिन राष्ट्रिय, स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहन्छ भने । हरेक दिन थाहा आइडल पनि सञ्चालन हुनेछ ।’

‘थाहा महोत्सवमा हरेक दिन एक जना दोहोरी, एक जना आधुनिक र हास्यव्यङ्ग्य कलाकारलाई समेट्ने योजना रहेको छ ।’ उनले भने –‘कलाकारहरुको तालिका अनुसार कार्यक्रम तय गर्नुपर्ने छ ।’

पालिका प्रेस
थप जानकारी