नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट दलित मुक्तिमोर्चाले थाहाको वडा नम्बर ९ मा संगठन बिस्तार सहित विविध कार्यक्रम गरेको छ । थाहाको वडा ९ मा मोर्चाका थाहानगर अध्यक्ष पहलमान परियारको सभाध्यक्षता तथा नगर ईन्चार्ज अर्जुन सुनारको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।

भेलाले दिनेश घिमिरेको अध्यक्षतामा ९ सदस्यीय वडा नम्बर ९ को दलित मुक्ति मोर्चाको वडा कमिटी समेत गठन भएको छ । कमिटिको उपाध्यक्षमा मन कुमारी बिक, सचिव राजु बिक, कोषाध्यक्षमा भवानी बिक र सदस्यहरुमा श्याम बिक, मंगली बिक, कमल बिक, बिष्णु बिक र गोबिन्द बिक रहेका छन।

पालिका प्रेस
थप जानकारी