मकवानपुर थाहानगरको सिमभन्ज्याङ क्षेत्रमा बाक्लो हिमपात भएको छ । सिमभन्ज्याङसंगै दामन क्षेत्रसम्म आशिंक हिमपात भएको दामनका होटल व्यवसायी सुरथ अधिकारीले जानकारी दिए ।

सिमभन्ज्याङमा परेको हिउँ खेल्न मिल्ने नै छ । पाखा पखेरासहित सडकमै पनि बाक्लो हिउँ जमेको होटल व्यवसायी अमित पाख्रिनले जानकारी दिए । यसअघि यहि वर्षको १९ माघमा हल्का हिउँ परेपनि जमेको थिएन । १० फागुनमा परेको हिउँ भने जमेको पाख्रिनले बताए । पाख्रिनले भने–‘अहिले मौसम खुलेको छ, राती पनि हिउँ थपियो भने सडक समेत अवरुद्ध हुनसक्छ ।’ हिउँ परेसंगै दामन सिमभन्ज्याङका व्यवसायीहरु खुशी भएका छन् ।

यसैबीच लामो समयदेखि पानी नपरेका कारण समस्या भोग्दै आएका किसानहरु पनि हिउँपानी परेपछि खुशी भएका छन् । आलु रोपेको लामो समय हुँदा पनि सिंचाइ नहुँदा उम्रन सकेको छैन । ११ फागुनमा मकवानपुरको थाहानगर सहित इन्द्रसरोवर, भीमफेदीलगायतका छिमेकी पालिकाहरुमा समेत हिउँ, पानी र असिना परेको छ ।

फोटोहरुः अमित पाख्रिन/सिमभन्ज्याङ

पालिका प्रेस
थप जानकारी