मकवानपुर थाहा नगरपालिकाको सिमभन्ज्याङमा परेको हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ । थाहा नगरपालिका वडा नम्बर ४ को पानोरमा रिसोर्टको मोड नजिकैबाट सिभन्ज्याङतर्फको खण्डमा हिउँ जमेका कारण सडक अवरुद्ध रहेको स्थानीय होटल व्यवसायी अमित पाख्रिनले जानकारी दिए ।

व्यवसायी पाख्रिनका अनुसार–‘त्रिभुवन राजपथ अन्तर्गत भीमफेदी गाउँपालिकाको लेकाली बसिफाँट स्कूल मोड नजिकैबाट सिमभन्ज्याङतर्फ हिउँका कारण सवारी आवागमनका समस्या भएको छ ।’ हिउँ पर्न रोकिएपनि रातको समयमा चिसो बढेका कारण हिउँ सडकमै जमेको छ ।

फोटो सौजन्यः अमित पाख्रिन

त्रिभुवन राजपथको सिमभन्ज्याङ सडक खण्डमा हालसम्म कुनै पनि सवारी जाम भने छैन । सवारी साधनको चाप कम हुने भएकोले पनि हाल समस्या भैनसकेको बतायएको छ । ११ फागुन शुक्रबार भने हिउँ खेलेर मनोरञ्जन लिन सकिने व्यवसायी पाख्रिनले बताए । सिउँ खेल्न सिमभन्ज्याङ जाँदा भने सावधानकिा साथ सवारी हाँक्नका लागि पाख्रनको सुझाव छ । उनले भने–‘पहिलो पटक आउनेहरुका लागि थाहै नहुन सक्छ हिउँ र तुसारो जमेपछि चिप्लीन सक्छ ।’

पालिका प्रेस
थप जानकारी