नेकपा एमाले थाहा नगर कमिटीको आगामी फागुन २८ गते हुने अधिवेशनका लागि सबै वडाहरुको अधिवेशन १५ फाुगनमा सम्पन्न भएको छ । फागुन ४ गते थाहा वडा नम्बर ११ बाट सुरु भएको वडा अधिवेशन फागुन १५ गते वडा नम्बर ५, ७ र ८ को सम्पन्न भएसंगै सम्पन्न भएको हो । फागुन १५ गते थाहा ५ मा जिल्ला कमिटी सदस्य शिवराम थापाको प्रमुख आतिथ्यतामा, थाहा ७ मा जिल्ला कमिटी सदस्य एवम् नगर सह–ईञ्चार्ज सुरेन्द्रमान प्रधानको प्रमुख आतिथ्यतामा र थाहा ८ मा प्रतिनिधि सभा सदस्य महेश कुमार बर्तौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
वडा नम्बर ५ मा भएको अधिवेशनले शिवराज स्याङ्तानको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी पुर्नगठन भएको छ । कमिटीको उपाध्यक्षमा मिनबहादुर पाख्रीन, सचिवमा महेश भोम्जन, उपसचिवद्वयमा जानुका कार्की र मनमाया गुरुङ निर्विरोध निर्वाचित भएका छन् । ५ नम्बर वडा कमिटी सदस्यहरुमा इन्द्रबहादुर वाइबा, इष्ट दोङ, सोमलाल गोले, बाबु लामा, मिना बल, सन्त बहादुर घिसिङ, श्याम गोले, पार्वती पाख्रीन, दिनेश गुरुङ, सुनिता मोक्तान, फुलबहादुर थोकर, लङ्कमाया वाइबा र सुन्दरीमाया थोकर निर्विरोध भएका छन् ।
नगर अधिवेशनका लागि वडा नम्बर ५ बाट ९ जना प्रतिनिधि चयन भएको छ । खुल्लातर्फका प्रतिनिधिहरुमा श्यामसुन्दर भोम्जन, कृष्ण बहादुर मोक्तान, कमल कार्की, मीन बहादुर पाख्रीन र गणेश खड्का छनौट भए । महिला प्रतिनिधिहरुमा शारदा कार्की, जानुका कार्की र बिमला पाख्रीन छनौट हुनु भएको छभने दलित प्रतिनिधिमा उर्मिला बि.क. छनौट भएका छन् ।
यसैगरी, ७ नम्बर वडामा विवेक थिङको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा गोबिन्द गोङ्वा, सचिवमा देवराज गोले, उपसचिवद्वयमा सुमन गर्तौला र अञ्जना थिङ निर्विरोध चयन भएका छन् । ७ नम्बर वडा कमिटीको सदस्यहरुमा धिरज थिङ, राममाया थिङ, रविन्द्र कार्की, ऐजनाथ गर्तौला, रुपचन्द्र स्याङ्तान, सुचिन्द्र थिङ, विश्वराज थिङ, ज्ञानबहादुर कार्की, रामबहादुर लामा, विश्वमान गोले, प्रिती मोक्तान र विक्रम सिं मुक्तान निर्विरोध भएका छन् ।
७ नम्बर वडाबाट १ महिला र ७ खुल्ला गरि ८ जना प्रतिनिधि छनौट भएको छ । महिला प्रतिनिधिमा काईलीमाया थिङ, खुल्ला प्रतिनिधिहरुमा काजीमान थिङ, दिनेश कार्की, सुनिल खत्री, भरत कार्की, अनुरोध स्याङ्तान, दिलबहादुर वाइबा र राजेन्द्र थिङ छनौट भएका छन् । वडा नम्बर ८ बाट हेमकुमार थिङ, हेम घलान, रबिन्द्र कार्की, बद्री थापा, कृष्णबहादुर सापकोटा, दशरथ थापा, जगत थापा छनौट भएका छन् । महिला प्रतिनिधिहरुमा सरस्वती कार्की र कान्छीमाया वाइबा छनौट भईन भने दलित प्रतिनिधिद्वयमा रमेश सिन्चुरी र शालिकराम सिन्चुरी छ्नौट भएका छन् ।
यसैबीच, ८ नम्बरमा विभिन्न पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गरेका १३ जनालाई प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य महेश कुमार बर्तौलाले खादा लगाएर स्वागत गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा हिरालाल थिङ, सोनाम स्याङ्तान, जीवन स्याङ्तान, वीरेन्द्र थिङ, जयराम मुक्तान, नवीन थिङ, जयराम घलान, सोनाम घलान, सुदिप घलान, युवराज घलान, सानुबाबु घलान र वीर बहादुर घलान रहनु भएको नेकपा एमाले थाहा नगर अधिवेशन आयोजक कमिटी सदस्य हेम कुमार थिङले जानकारी दिए ।
कार्यक्रमको अवसरमा तीन वटै वडाहरुमा एमालेका विभिन्न तहमा नेताहरुको बाक्लो उपस्थिति थियो । एमाले थाहा नगर अधिवेशन फागुन २८ गते हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्