मकवानपुरको बकैया गाउँपालिकाको ७ नम्बर वडा सदस्य रामकुमार तितुङको निधन भएको छ ।

१५ फागुन दिउँसो बकैया–७, मामदमारस्थित आफ्नै घर अगाडि बिजुलीको पोलबाट लडेर गम्भीर घाइते भएका तितुङको उपचारको क्रममा १६ फागुन बिहान निधन भएको स्थानीय नारायण तिमल्सिनाले जानकारी दिए ।

काठको पोल भाँचिएर लड्दा गम्भीर घाइते भएका तितुङलाई उपचारका लागि हेटौँडा–११ स्थित चुरेहिल हस्पिटल लगिएको थियो । १५ फागुन साँझै थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेजमा लगिएका तितुङको उपचारको क्रममा १६ फागुन बिहान ३ बजेको समयमा निधन भएको अस्पतालले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी