मकवानपुर थाहा नगरपालिकामा जारी पाँचौं थाहा गोल्डकप, २०८१ का लागि ऋषेश्वर ११ थाहा–४ र चित्लाङ फुटबल क्लब थाहा–९ बीच प्रतिस्पर्धा हुने भएको छ । १४ जेठमा इन्द्रायणी चौर खेल मैदानमा भएको सेमिफाइनलबाट यि दुई टिम फाइनलमा प्रवेश गरेका हुन् ।

ऋषेश्वर ११ र सक्रिय युवा क्लव बिच भएको पहिलो सेमिफाइनल खेलमा सक्रिय युवा क्लवलाई ८–२ गोलले पराजित गर्दै ऋषेश्वर ११ फाइनलमा प्रवेश गरेको हो । त्यसैगरी चित्लाङ खेलकुद विकास समितिले ट्राइबेकरमा कुर्दन एकेडेमी चन्द्रागिरीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । फाइनल जेठ १५ गते मध्यान्ह साँढे १२ बजेदेखि इन्द्रायणी चौरको खेल मैदानमा हुने खेल व्यवस्थापक शिखर क्लबले जनाएको छ ।

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा शिखर क्लवको व्यवस्थापनमा जारी प्रतियोगितामा प्रतियोगिताको बिजेताले पुरस्कार नगद २ लाख र उपबिजेताले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

पालिका प्रेस
थप जानकारी