मकवानपुरमा पोलियोबिरुद्धको आइपीभी खोप अभियान सुरु भएको छ । जिल्लास्तरीय सुभारम्भ कार्यक्रम राक्सिराङ गाउँपालिकास्थित सूर्योदय माविबाट भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यता र राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको छ । स्वास्थ्यनिर्देशक दीपक तिवारी, महाशाखाप्रमुख डा. खगेश्वर गेलाललगायत विभिन्न निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा २०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई लक्षित गरी खोप अभियान सञ्चालन गर्न अभिभावकलाई आग्रह गरिएको छ ।

प्रमुखअतिथि घलानले स्वास्थ्यकर्मीलाई भ्याक्सिन क्यारियर, एइएफआई किट र खोप लगाउने सिरिञ्ज हस्तान्तरण गरी अभियानको सुभारम्भ गरेका थिए । त्यसैगरी करिब एकसय लक्षित बालबालिका रहेको खोपकेन्द्रको अवलोकन गरिएको थियो । कार्यक्रमको सहजीकरण खोप फोकल पर्सन बासुदेव रिमालले गरेका थिए ।

पालिका प्रेस
थप जानकारी