नेकपा माओवादी केन्द्र निकट रिटर्नी सेन्टर नेपाल तथा बुद्दिजिवी संगठनले थाहानगर समिती गठनको निम्ति थाहानगर भेला आयोजक समिती गठन गरेको छ । रिटर्नी सेन्टर थाहाको लागि सुरेन नेपालीको संयोजकत्वमा १३ सदस्यीय भेला आयोजक समिती गठन गरेको छ ।

भेलाले बुद्धिजिबी संगठनको लागि दिनेश केसीको संयोजकत्वमा ४ सदस्यीय भेला आयोजक समिती गठन गरेको रिटर्नी सेन्टरका बागमती प्रदेश सदस्य यादव जंग रायमाझीले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रद्र) थाहानगर कमिटीको अध्यक्ष बिनोद कुमार लामाको प्रमुख आतिथ्यता तथा नगर सचिब लक्ष्मण बिष्टको अध्यक्षतामा भएको भेलाले हाल गठन भएको समितिले जेठ महिना भित्रमा सम्मेलन गर्ने कार्यसुची तय गरेको छ ।

पालिका प्रेस
थप जानकारी