पर्यटन प्रवद्र्धनका लागि थाहा नगरपालिका वडा नम्बर ५ को ठूलोफाकल–बाँझघारी मोहिनी झरना पैदलमार्गलाई प्राथमिकतामा राखी निर्माण गर्ने थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले बताएका छन् । ५ नम्बर वडाको प्राकृतिक सुन्दरता चिनाउदै पर्यटन प्रवद्र्धनमा पैदलमार्ग अघि सारिएको प्रमुख विष्टको भनाइ थियो ।

नगर प्रमुख विष्टले थाहा नगरको दामन सिमभन्ज्याङको शितलता र प्राकृतिक सुन्दरता हेर्न आउने आन्तरिक र बाह्य पर्यटकलाई नगरको ठुलोफाकल क्षेत्र हुँदै मोहिनी झरनासम्म जोड्न पैदलमार्गको निर्माणका लागि नगरपालिका जुट्ने बताए । प्राकृतिक सुन्दरतामा रमाउदै पैदलमार्गको मनोरम यात्रा पनि गर्न सकिने भएकाले नगर भित्र पर्यटन प्रवद्र्धनका लागि स्थानियसँग छलफल गर्दै प्रमुख विष्टले स्थलगत निरीक्षण समेत गरेका छन् । मोहिनी झरनाको ठाडोखोला क्षेत्रमा प्राकृतिक पौडी पोखरी तथा सेल्फी पुल बनाउन सम्भाव्यता अध्ययन भईरहेको र छिट्टै सो कार्यलाई पुर्णता दिने विष्टको प्रतिवद्धता छ ।

छलफलमा थाहा नगर होटल एसोसियसनका अध्यक्ष शिवकुमार खत्रीले उल्लेखित योजनाले सो क्षेत्रको कृषी उत्पादनलाई र प्राकृतिक सुन्दरतालाई पर्यटन सँग जोड्ने र ईन्द्रसरोवर तथा दामन सिमभन्ज्याङ आएका पर्यटकका लागि गन्तब्य थपिने भएकाले यो योजना सार्थक बनाएर पर्यटकीय गन्तव्यको चिनाउनु पर्ने विचार राखे । पालुङ वहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष अरुण रायमाझीले थाहा –५ को सानोपाकल, ठुलो फाकल क्षेत्र प्राकृतिक मनोरमका साथै कृषीको उर्भरभूमी भएको र होमस्टे संचालन तथा प्रवद्र्धन गरी पर्यटकलाई आकर्षित गर्न सकिने बताए ।

पालिका प्रेस
थप जानकारी