स्थानीय तहबाट वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता पाउनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि थाहा नगरपालिकाका नगर प्रमुख (मेयर) विष्णु बहादुर विष्टले परिचयपत्र बनाउनका लागि अनुरोध गरेका छन् । जिल्ल प्रशासन कार्यालय मकवानपुरको सहयोगमा थाहानगरमा ८ असारबाट शुरु हुने विशेष दर्ता शिविरमा सहभागी हुनका लागि विष्टले सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समूहलाई अनुरोध गरेका हुन् ।

विष्टले गाँउका बुढापाकासँग भलाकुसारी गर्दै राष्ट्रिय परिचयपत्र बनाउन सम्झाउदै हिँडेका छन् । विवरण दर्ता गर्न कोही नछुटुन भनेर र गाँउका बृद्ध बा–आमाहरु सूचनाको पहुँचबाट पनि टाढा हुने हुँदा सँम्झाउदै हिडेको प्रमुख विष्टले बताउ । सामाजिक सुरक्षा भत्ता नवीकरण २०८१ भदौ मसान्तसम्म गर्न सकिने भएकोले परिचयपत्रमा विवरण दर्ता गर्न छुट भएका व्यक्तिहरूले विवरण दर्ता गर्न शुरु गरिएको हो ।

पालिका प्रेस
थप जानकारी