थाहा नगरपालिका वडा नम्बर ४ का मानसिंह दोङ गोजुरियो कराँतेका एशियन रेफ्री भएका छन् । दोङले रेफ्री परीक्षा उतीर्ण गर्दै एशियन प्रशिक्षक भएका हुन् । भारतको मुम्बइ स्थित पुणें शहरमा भएको आठौं एशियन गोजुरियो कराँते प्रतियो दोङले स्वर्ण पदक र सुशान्त दोङले कास्य पदक पाएका छन् ।

सन् २०२४ जुन ६ देखि ९ सम्म भएको प्रतियोगितामा नेपाल गोजुरियो कराँते दो संघ शाखा थाहाबाट ६० केजी तौल समुहमा उनीहरुले पदक हात पारेका हुन् । प्रतियोगितामा नेपाल बाट १७ जना सहभागी मध्य ४ जनाले स्वर्ण २ जनाले रजत र ५ जनाले कास्य पदक जितेका थिए।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र श्रीलंका लगायत ९ वटा देशका खेलाडीहरुको सहभागिता रहेको थियो ।

1718379248153-1718379379.jpg
1718379251362-1718379414.jpg
1718379254238-1718379414.jpg