मकवानपुरको थाहा नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि खानेपानी आयोजना सञ्चालनका लागि ९ करोड ४९ लाख २० हजार रुपियाँ बजेट पाएको छ । संघीय खानेपानी मन्त्रालय र खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्रालय बागमती प्रदेशबाट उक्त बजेट थाहा नगरपालिकाको लागि विनियोजन भएको हो ।
सघीय खानेपानी मन्त्रालयबाट थाहालाई ५ करोड १० लाख रुपियाँ बजेट विनियोजन भएको हो । खानेपानी मन्त्रालयबाट हाल थाहा नगरपालिका वडा नम्बर १, २, ३ र ४ मा सञ्चालित वृहत खानेपानी आयोजनाका लागि ४ करोडसहित नाकछेडा खानेपानी योजना थाहा–११ का लागि ४० लाख, कालीदेवी खानेपानी आयोजना थाहा–९ का लागि ३० लाख र बसन्त खानेपानी आयोजना थाहा–१२ का लागि ४० लाख बजेट विनियोजन भएको हो । विनियोजित बजेटको सबै योजना संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोेजना हेटौंडा मार्फत कार्यान्वयन हुनेछ ।
यसैबीच बागमती प्रदेश खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्रालयबाट ४ करोड ३९ लाख २० हजार रुपियाँ बजेट विनियोजन भएको छ । मन्त्रालय मार्फत थाहानगरका ३० वटा योजनाका लागि बजेट विनियोजन भएको हो । विनियोजन भएको बजेट मध्ये २७ वटा योजना खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्रालय अन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन १ मकवानपुरबाट कार्यान्वयन हुनेछ । यस डिभिजनबाट कार्यान्वयन हुने बजेट ३ करोड २१ लाख रहेको छ ।
त्यसैगरी २ वटा सशर्तसहित एउटा विशेष अनुदानबाट सञ्चालन हुने तीन वटा खानेपानी आयोजना थाहा नगरपालिकाबाट कार्यान्वयन हुनेछ । सशर्त अनुदानबाट सञ्चालन हुने दुई वटा योजनाको लागि ५३ लाख २० हजार बजेट विनियोजन भएको छ भने विशेष अनुदानबाट सञ्चालन हुने योजनाको बजेट ६५ लाख रुपियाँ रहेको छ ।
हेर्नुहोस् योजनाको सूची:
प्रतिक्रिया दिनुहोस्