मकवानपुर थाहा नगरपालिकामा रहेको जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई छात्रवृत्ति अक्षयकोषका लागि ५५ हजार ५ सय ५५ रुपियाँ सहयोग गरेका छन् । २० असारमा परेको जन्म दिनको अवसरमा कार्कीले अक्षयकोषको घोषणा गरेका हुन् ।
प्रधानाध्यापक कार्कीले विद्यालयलाई समाज परिवर्तनको लागि सकारात्मक परिवर्तन गर्ने चहाना भएको तर आर्थिक अभावले उक्त चाहना पूरा गर्न असमर्थ भएकाहरुको लागि बीउ पुँजीको रुपमा अक्षयकोषको शुरुवात गरेको उल्लेख गरे । आगामी दिनहरुमा मनका धनीहरुको सग्रह गर्दै नहुनेहरुको क्षमता वृद्धि अवसरको स्थल बनाउने उद्देश्यका साथ आफ्ना पिता स्व. कृष्णबहादुर कार्की र माता स्व. ताराकुमारी कार्कीको स्मृतिमा ‘कृष्णतारा विपन्न एवम् जेहन्दार छत्रबृत्ति कोष’ स्थापना गर्ने घोषणा गरेका हुन् ।
अक्षयकोषमा आगामी वर्षपनि रकम थप गरी एक लाख पु¥याउने प्रतिवद्धता व्यक्त गरे । कार्कीले सहयोगी मनहरुलाई छात्रवृत्ति कोष स्थापना गर्न अनुरोध गरेका छन् । थाहा नगरमा विज्ञान तथा प्रविधि र साधारणतर्फ उत्कृष्ट हुने विद्यार्थीहरुका साथै आर्थिक समस्याका कारण विद्यालयको पहुँचमा पुग्न कठिन भएकाहरुलाई छात्रवृत्ति कोष सहयोगी हुने प्रधानाध्यापक कार्कीले बताए ।
जनकल्याण माध्यमिक विद्यालयका पूर्व विद्यार्थी एवम् वि.सं. २०४० सालदेखि हालसम्म शिक्षण कार्यमा रहेका कार्की २०५७ सालदेखि प्रधानाध्यपकको जिम्मेवारीमा छन् । उनी २०८२ सालमा सेवा निवृत्त हुँदैछन् । प्रधानाध्यापक कार्की अखिल नेपाल शिक्षक संघको केन्द्रीय अध्यक्ष, बिश्व शिक्षक महासंघ, नेपाल समन्वय समिति अध्यक्ष, नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको पदेन सदस्य समेत हुन् ।
प्रतिक्रिया दिनुहोस्