सरकारले निजामती कर्मचारीहरूको सरुवा, पदस्थापन, काज, कामकाज तथा सरुवा सम्बन्धी मापदण्डलाई अन्तिम रूप दिएको छ । प्रशासनलाई व्यवस्थित, निष्पक्ष, पारदर्शी, वस्तुगत, अनुमानयोग्य एवम् विश्वसनीय बनाउन भन्दै नयाँ मापदण्ड तयार गर्न लागिएको हो ।
सरकारको नेतृत्व फेरिने बित्तिकै ऐन र नियमावलीमा उल्लेखित प्रावधानहरूलाई मिच्दै कर्मचारीको सरुवा गर्न थालेसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ मापदण्डहरू बनाएको हो ।
नियमावलीले यकिन गरेको अवधि, भौगोलिक अवस्था, विशेषज्ञता वा विशेष परिस्थितिबाहेक तोकिएको समयमा मात्र सरुवा गर्नुपर्ने प्रावधानसहितको स्वीकृतिको तयारी रहेको स्रोतले जानकारी दियो ।
हेर्नुहोस मस्यौदा
प्रतिक्रिया दिनुहोस्