थाहा नगरपालिकामा क्रियाशील पालुङ बहुउद्देश्यीय सहकारीसँग आवद्ध सहकारीकर्मीहरु लगायत शेयर सदस्यहरुमा वित्तीय साक्षरताको ज्ञान सिप प्रदान गरी आर्थिक उन्नती गर्दै वित्तीय स्वतन्त्रता तर्फ शेयर सदस्यहरुलाई अग्रसर गराउने उद्देश्यले एक दिने वित्तीय साक्षता तालिम थाहानगरको बज्रबाराहीमा भएको छ । कार्यक्रममा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका बज्रवाराही सेवा केन्द्र अन्तर्गतका महिला समुहका पदाधिकारीहरु तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

वित्तीय साक्षरता तालिममा वित्तीय साक्षरताको परिचय, महत्व र आवश्यकता, वित्तीय योजना, आवश्यकता र चाहना, खर्चको वर्गीकरण तथा अभिलेकिरण एवम विश्लेषण, पारिवारिक वजेट, बचत, ऋण तथा,बचत योजना, वित्तीय संस्थाको चिनारी एवम छनौट, उद्यमशिलता विकास र जोखिम तथा जोखिम न्यूनीकरणका उपायहरु जस्ता विषयमा सहजीकरण गरिएको थियो । तालिममा सहकारी संस्थाका कार्यसमितिका सदस्यहरु एवम् वडा न ६,९ र १० भित्र रहेक आयआर्जन समुहका महिला तथा पुरुष सदस्यहरुको सहभागिता रहेको थियो ।

तालिमको उदघाटन संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्टको अध्यक्षता तथा संस्थाका पुर्व उपाध्यक्ष सानोभाइ कार्कीको प्रमुख आतित्थ्यमा भएको थियो । उदघाटनमा संस्थाका उपाध्यक्ष अरुण रायमाझीले तालिमाको उद्देश्य माथि प्रकाश पार्दै स्वगत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी सानोभाई कार्कीले सहकारीहरुले वित्तीय साक्षरताका विषयलाई गम्भिरता पूर्वक सिकी आफ्ना सदस्य माँझ लैजानका लागि अनुरोध गरे । उनले तिन खम्बे अर्थनीति अन्तरगत सहकारी क्षेत्र पनि एक भएको र ग्रामिण क्षेत्रमा सवै प्रकारका समुदायहरुको पहुँच सहकारीमा रहने हुनाले अर्थतन्त्रको विकास एवम विस्तार र सदस्यको आर्थिक सम्बृद्धिमा सहकारीको अहम भूमिका रहने उल्लेख गरे ।

संस्थाका सहव्यवस्थापक रामप्रसाद ढकालले सहजीकरण गरेको वित्तीय साक्षरता कार्यक्रमलाई संस्थाका सचिव नवराज बिष्टले संचालन गरेका थिए । एक सय भन्दा बढी महिला सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा संस्थाका कार्यसमिति सदस्यहरु, लेखा समिती संयोजक कालीचरण बस्नेत,व्यवस्थापक प्रकाश पौडेल, लेखा समिती सदस्यहरु नेकपा एमाले जिल्ला सदस्य हरी बहादुर गोपाली लगायतका संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी