काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत मकवानपुरदेखि बारासम्म बकैया खोलामा आठवटा पुल निर्माण हुँदैछ । दुईवटा पुल प्याकेज ३ अन्तर्गत निर्माण भइरहेका छन् । हाल आठवटै पुल निर्माण भइरहेका छन् । निर्माणाधीन सबै पुल आगामी दुईवर्षमा सम्पन्न हुने आयोजनाले जनाएको छ ।

ललितपुरको खोकनाबाट बाराको निजगढसम्मको द्रुतमार्ग ७० दशमवल नौ सय ७७ किलोमिटर लामो छ । सडकमा वभिन्न स्थानमा १२ दशमलव आठ सय ८५ किमि लम्बाइका ८९ पुल निर्माण हुनेछन् । द्रुतमार्ग आगामी २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनालाई १३ प्योकजमा विभाजन गरी निर्माण गरिएको छ ।

आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनका चरणमा छन् । बाँकी चारवटा पुल खोकना क्षेत्रमा छन् । खोकनाक्षेत्रमा जग्गा अधिग्रहण सम्बन्धी समस्याका कारण निर्माणमा ढिलाइ भइरहेको छ ।

पालिका प्रेस
थप जानकारी