जिल्ला प्रशासन कार्यालय मकवानपुरले सामाजिक सुरक्षा प्राप्त गर्ने वृद्धवृद्धा र अपांगता भएका लाभग्राही लक्षित राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर पुनः सञ्चालन गर्ने भएको छ ।
२३ साउनमा एक सूचना जारी गर्दै थाहा नगरपालिकाको कार्यालयले थाहा नगरपालिकाको कार्यालयमा दुई दिन श्रावण २७ र २८ मा शिविर संचालन गर्ने जानकारी दिएको हो । राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउन जिल्ला प्रशासन कार्यालयमा वृद्धवृद्धा र अपांगता भएकाहरु भीड लाग्न थालेपछि प्रशासन कार्यालयले सेवाग्राहीको सहजताका लागि पालिकाको केन्द्रमा परिचयपत्रको विवरण दर्ता गर्ने टोली खटाउने निर्णय गरेको हो ।
पालिकाको केन्द्रमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर सामाजिक सुरक्षा भत्ताको लाभग्राहीलाई केन्द्रित गरि सञ्चालन गरिएको र अन्य व्यक्तिका हकमा जिल्ला प्रशासन कार्यालयबाट नियमित राष्ट्रिय परिचयपत्रको विवरण दर्ता हुने प्रशासकीय अधिकृत सरोज पौडेलले बताए ।
थाहा नगरपालिकामा हुने शिविरमा प्रत्येक वडाको २० जनाका दरले प्रारम्भिक कोटा वितरण हुने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्