मकवानपुर जिल्ला प्रशासन कार्यालय कार्यसम्पादन मूल्यांकनमा पाँचौं उत्कृष्ट भएको छ । मकवानपुरसहित ५७ वटा जिल्ला प्रशासन कार्यालयले ९० भन्दा बढी अंक ल्याएका छन् ।

गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०÷८१ मा गरेको कामका आधारमा गरेको मूल्यांकनमा १८ वटा जिल्ला प्रशासन कार्यालयले ९५ र सो भन्दा बढी अंक पाएका छन् । कार्यसम्पादन मूल्यांकन सम्झौता बमोजिम मूल्यांकन गर्दा जिल्ला प्रशासन कार्यालयहरुले ७६ दशमलव २५ देखि ९८ अंकसम्म पाएको मन्त्रालयले जनाएको छ । कार्यालयमध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देही ९८ अंक ल्याएर पहिलो स्थानमा छ भने जिल्ला प्रशासन कार्यालय सिरहा ७६ दशमलव २५ अंकसहित अन्तिम स्थानमा छ ।

रुपन्देहीसहित पाल्पा, बाग्लुङ, रुकुम पश्चिम, मकवानपुर, पर्वत, गुल्मी, तेह्रथुम र सोलुखुम्बु उत्कृष्ट १० को सूचीभित्र परेका छन् । मकवानपुरले पाँचौ वरियता कायम गर्दा ९७ दशमलव ३७५ अंक प्राप्त गरेको छ । मकवानपुर भन्दा अगाडि पाल्पा, बाग्लुङ, रुकुम पश्चिम छन् । केन्द्रीय राजधानी रहेको काठमाडौंको २१ र उपत्यकाकै ललितपुर १२ औं तथा भक्तपुरले २० औं वरियता बनाएको छ ।

पालिका प्रेस
थप जानकारी