बुटवल उपहानगरपालिकाले खानेपानीको मूल्य जथाभावी तोक्नेदेखि कानुनअनुसार नचलेका खानेपानी समितिलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
जलस्रोत उपयोग ऐनबारे खानेपानी समितिहरुसँगको छलफलका क्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मनपरी रुपमा शुल्क निर्धारण गर्ने, तोकिएको अवधिभित्र अधिवेशन र साधारणसभा नगर्ने र व्यक्तिकेन्द्रित रुपमा संस्था सञ्चालन गर्ने गरेको गुनासोहरु आएकाले कानुनबमोजिम समितिलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।
बुटवलभित्रका ४४ खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरूसँग जलश्रोत ऐनबारे छलफल गर्दै नयाँ व्यवस्थाअनुसार समिति सञ्चालन गर्न आग्रह गरिएको छ । बुटवलभित्र खानेपानीका लागि बोरिङ वा मुहानबाट पानी ल्याउनुपर्ने भएमा अनुमति लिनुपर्ने र शुल्कसम्बन्धी व्यवस्था नगरले तोकेको भन्दा बढी हुन नपाउने व्यवस्था ऐनमा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्