मकवानपुर इन्द्रसरोवर गाउँपालिकामा मितेरी बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्य लक्षित सहकारी शिक्षा शिविर सञ्चालन गरेको छ । शुक्रबार संस्थाका सचिव हिरालाल बलामीको अध्यक्षतामा सहकारी शिक्षा शिविर कार्यक्रम आयोजना गरिएको हो ।

३० जना सदस्यहरुलाई सहकारीका वस्तु तथा सेवा, बचत र ऋण, अतिरिक्त कार्यालय सञ्चालन, अतिरिक्त सेवा सञ्चालन, सदस्य सुरक्षा तथा हेरचाह, सामाजिक उत्तरदायित्वको विषयमा शिविर सञ्चालन गरिएको संस्थाका सूचना अधिकारी उमेश बस्नेतले बताए । यसैगरी, शिविरमा समुदायप्रति चासो, सहकारीको विशेषता, सदस्यहरुको कर्तव्य र वार्षिक योजना तथा बजेटबारे जानकारीसमेत दिइएको बस्नेतले बताए ।

शिविरलाई संस्थाका व्यवस्थापक सरोज थापामगर र ऋण सहायक उमेश बस्नेतले सहजीकरण गरेका थिए । ५ नम्बर वडास्थित चखेलमा रहेको सहकारीले वार्षिक कार्यक्रमअन्तर्गत् सदस्यहरुलाई परिवर्तित सहकारी ऐन, नियम र नीतिबारे जानकारी गराइरहेको छ ।

पालिका प्रेस
थप जानकारी