नेपाल राष्ट्रिय शिक्षक संगठनले थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टलाई शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूका मागमा आधारित १० बुँदे ज्ञापनपत्र बुझाएको छ । संगठन बागमती प्रदेशको निर्णय अनुसार २७ साउनमा प्रमुख विष्टलाई संगठनका नगर अध्यक्ष मनोज लामिछाने तथा सचिव सचिन कुमार बलसहितको पदाअधिकारीले ज्ञापनपत्र बुझाएका हुन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहानगर, नगर समितिले प्रदेशको १३ जिल्लाको सबै पालिकामा ज्ञापनपत्र बुझाएको छ । कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख विष्ट, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र शिक्षा अधिकृत सुर्य बहादुर थिङ सहितको उपस्तिथिमा रहेको थियो ।

मुलुकमा विभिन्न राजनैतिक परिवर्तन पश्चात् र नयाँ संविधान जारी भएको ९ बर्ष बितिसक्दा पनि शिक्षकहरु माझ चौतर्फी हमला र दरबन्दी मिलानको नाममा, विद्यालय व्यवस्थापन समिती र प्रधानाध्यापकको नाममा, विद्यालय मर्जको नाममा शिक्षकहरुलाई ज्यादती बढ्दै गैरहेको र शिक्षकहरुको संविधान प्रदत ट्रेड युनियन अधिकार र मानव अधिकार समेत प्राप्त गर्न कठिनाई रहेको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रः

पालिका प्रेस
थप जानकारी