लियो क्लब अफ पिस थाहा नगरको आयोजनामा २२ भाद्र शनिबार हुने १ दिने सेयर अभिमुखीकरण तालिमको तयारी पूरा भएको छ । थाहानगरको जेसीज हलमा हुने तालिममाको सबै तयारी पूरा भएको क्लबका सचिव अजय कार्कीले जानकारी दिए ।
सचिव कार्कीले तालिममा १ सय जनालाई सहभागी गराइने बताए । उनले इच्छुक व्यक्तिले नाम दर्ता गराई सिट सुरक्षित राख्न पनि अनुरोध गरेका छन् । सेयर अभिमुखिकरण तालिमको नेपाली सेयर बजारका विज्ञ सुबासचन्द्र भट्टराईले सहजीकरण गर्ने आयोजकले जनाएको छ । भट्टराई लामो समयदेखि नेपाली सेयर बजारमा सक्रिय छन् । भट्टराईको अनुभव नयाँ लगानीकर्ता र सेयर बजारको बिषयमा चासो राख्नेहरुका लागि उत्प्रेरणा हुने भएकोले तालिमको आयोजना गरिएको क्लवका सचिव अजय कार्कीले बताए ।
शनिबार बिहान १० बजेदेखि तालिम सञ्चालन हुन्छ । क्लबका अध्यक्ष शिशिरकुमार खत्रीले तालिममा सेयर सम्बन्धी आधारभूत ज्ञान, समसामयिक जानकारी र परामर्श दिइने भएकोले सेयरबजारका विषयमा जानकारी लिन चाहने सबैको लागि तालिम उपयुक्त हुने बताए ।
यस्तै, क्लबका पूर्व अध्यक्ष कमल बिष्टले सेयर बजारमा लगानी गर्नुपूर्व बजार, कम्पनी लगायतको बरेमा बुझेर लगानी गर्दा प्रतिफल राम्रो हुने र सेयर बजारमा नयाँ लगानीकर्ताहरुलाई प्रोत्सहान गर्न तालिमको आयोजना गरिएको बताए ।
कार्यक्रमको अफिसियल मिडिया पालिका प्रेस पनि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्