जुनारको राजधानी भनेर परिचय स्थापित गरेको सिन्धुलीको गोलन्जोर गाउँपालिकाले सुन्तला तथा जुनारको फल चुस्ने सुँडे मोथ पुतलीबाट जोगाइ क्षति न्यनिकरणका लागि नयाँ विधि अपनाएको छ । पुतलीबाट क्षति हुने दरले प्रकोपकै रुप लिएपछि पालिकाले पुतली समान्ते र मार्ने उपाय निकालेको हो । १५ भाद्रमा गोलन्जोर ५ खनियाखर्कमा सुँडे मोथ पुतली रोकथाम तथा नियन्त्रण सम्बन्धी कृषक र बैज्ञानिक बीच अन्तरक्रिया कार्यक्रमबाट यस्तो निष्कर्ष निकालिएको हो ।
गाउँपालिकाले जुनार÷सुन्तलामा हुने क्षति न्यूनिकरणको लागि सूचना नै प्रकाशन गरी सुँडे मोथ पुतली समातेर मारेर सम्न्धित वडा कार्यालयमा बुझाए प्रति पुतली २ रुपियाँ प्रयोत्साहन दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले जानकारी दिए । पालिकाको २० भाद्रमा भएको कार्यपालिका निर्णय अनुसार सुचना प्रकाशन गरिएको चौधरीले जानकारी दिए ।
‘१५ भाद्रमा सुँडे मोथ पुतली न्यूनिकरण तथा रोकथामको लागि तत्कालिन र दीर्घकालिन विभिन्न उपायहरुको बारेमा छलफल भयो, तत्काल समात्ने र मार्ने कार्य उत्तम हुने भएको देखिएकोले यो निर्णय भयो’–प्रमुख प्रशासकीय अधिकृत चौधरीले भने ।
सिन्धुलीमा रहेका ९ वटा स्थानीय तहहरु मध्ये सवैभन्दा धेरै जुनार खेती हुने क्षेत्रफल र कृषकको संख्या गोलन्जोर गाउँपालिकामा रहेको छ । जुनार खेतीबाट कूषकहरुलाई राम्रो आम्दानी हुने भएपनि बेलाबखत विभिन्न रोगकिराले सताईरहेको छ ।
गतवर्ष जुनारमा लाग्ने सुँडे मोथ पुतलीले जुनार फलको रस चुसेर करिब डेढ–दुई करोडको क्षति भएको कृषकहरुको भनाइ उदृत गर्दै कृषि शाखा प्रमुख सरोज दाहालले भने–‘यसवर्ष सुँडे मोथ पुतली अझ बढी प्रकोपको रुपमा देखिएकोले यो उपाय कार्यान्वयनमा ल्याइएको हो ।’
सूचना:
प्रतिक्रिया दिनुहोस्