संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति अधिकारी र स्थानीय तहका प्रमुख प्रशाससकीय अधिकृतलाई कार्यक्रममा जथाभावी सहभागी नहुन निर्देशन दिएको छ ।

मन्त्रालयले २१ भाद्रमा देशभरका सबै जिल्ला समन्वय समिति र स्थानीय तहलाई पत्राचार गर्दै मन्त्रालयले स्थानीय तहको क्षेत्रबाहिर सहभागी हुन आमन्त्रण गरिएको कार्यक्रममा र आयोजक संस्थाले मन्त्रालय, विषयगत मन्त्रालय तथा निकायसँग समन्वय नगरेको कार्यक्रममा सहभागी नहुन जिल्ला समन्वयका हाकिम र प्रशासकीय अधिकृतलाई निर्देशन दिएको हो ।

सचिवस्तरीय बैठकको निर्णयअनुसार भन्दै मन्त्रालयले दिएको निर्देशनमा संघीय सरकारले स्थानीय सरकारका हाकिमलाई एनजीओ/एनजीओलगायतले गर्ने कार्यक्रममा सहभागी कडाइ गरेको छ ।

पालिका प्रेस
थप जानकारी