हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटिया निवासी सुप्रिम दाहालले आफ्नो जन्मदिन मामाघर नेपालमा सहयोग गरेर मनाएका छन् । हेटौंडा–११ डाङ्डङ्गेमा रहेको मामाघर नेपालमा आश्रीतहरुका लागि आवश्यक सामान राख्न सहज होस भन्ने उद्देश्यले २२ भाद्रमा एक कार्यक्रमका बिचमा दराज सहयोग गर्दै जन्मदिन मनाएका हुन् ।
विगतका वर्षहरुमा जस्तै आफ्नो जन्मदिन मामाघर नेपालमा सहयोग गरेर मनाइएको सुप्रिमका बुबा मदन कुमार दाहालले बताए । सानै उमेर देखि थोरै आमदानी गरेको रकम मध्य केही रकम सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास गर्नका लागि पनि सहपरिवार आएर मामाघर नेपालमा सहयोग गरेर जन्मदिन मनाइएको दाहालले बताए ।
कार्यक्रममा मामाघर नेपालका प्रमुख अर्पण पराजुलीले यस्तै सहयोगी भावनाहरुका कारण मामाघर नेपाल सञ्चालनमा आएको बताए
प्रतिक्रिया दिनुहोस्