मकवानपुर थाहा नगरपालिका क्षेत्रका युवाहरु शेयर बजारतर्फ आकर्षित भएका छन् । उनीहरुले लियो क्लब अफ पिस थाहानगरको आयोजनामा २२ भाद्रमा संचालन भएको तालिम समेत लिएका छन् ।
पालुङ जेसिज सभाहलमा भएको तालिममा ७० बढि युवाको सहभागिता रहेको क्लबका सचिब अजय कार्कीले जानकारी दिए । पछिल्लो समय शेयर बजारबाट पनि राम्रो आम्दानी गरिरहेको उदाहरणहरु प्रस्तुत भैरहँदा थाहानगरका युवाहरु पनि तालिमतर्फ आकर्षित भएका हुन् । तालिमका सहभागीहरुलाई शेयर बजारका विज्ञ सुभासाचन्द्र भट्टराइले सहजीकरण गरेका थिए । प्रशिक्षक भट्टराइले तालिममा शेयर बजार सम्बन्धी सैद्धान्तिक ज्ञान, व्यवहारिक तालिम, जोखि व्यवस्थापन, मुल्याङ्कन र विश्लेषण, मानसिकता र अनुसाशन, समसामयिक बजारको जानकारीलगायतको विषयमा सहजीकरण गरेका थिए ।
तालिमका साथमा प्रश्नोत्तरसहित भट्टराइले शेयर बजार सम्बन्धित अनुभवहरु समेत उल्लेख गरेका थिए । थाहानगरमै पहिलो पटक आयोजना गरिएको यस किसिमको तालिमप्रति युवाको आकर्षणलाई उनले सकारात्क सूचक भएको बताए । कार्यक्रमको उद्घाटन गर्दै थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टले लगानीकर्ता उत्पादन गर्ने यस किसिमको तालिमले अर्थतन्त्रमा योगदान पुग्ने अपेक्षा गरे । शेयर बजारले नेपालको अर्थतन्त्रमा योगदान पु¥याएको उल्लेख गर्दै प्रमुख विष्टले परिवर्तनका लागि लायन्स र लियो क्लबको सिद्धान्तलाई व्यवहारमा उतार्न अनुरोध गरे ।
तालिम उद्घाटन कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, लायन्स क्लब अफ थाहा पिसका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान र लियो जिल्ला परिषद् ३२५ एमका जिल्ला उपाध्यक्ष प्रवेशकुमार कार्कीको विशेष आतिथ्यता रहेको थियो । क्लबका अध्यक्ष शिशिरकुमार खत्रीको अध्यक्षतामा भएको तालिम कार्यक्रम उद्घाटन कार्यक्रमका अतिथी र सहभागीहरुलाई क्लबकी प्रथम उपाध्यक्ष शितल बिष्टले स्वागत गरिन् ।
कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर बिष्ट, पालुङ जेसीज बर्ष २०२४का अध्यक्ष निरज रायमाझी, अर्थ सरोकारका सञ्चालक सुरज प्याकुरेल, ग्लोबल ईन्स्टिच्युट एन्ड कन्सल्टेन्सीका प्रवन्धक निर्देशक जीवनकुमार बस्नेत, लायन्स क्लब अफ थाहा पिसका पूर्व अध्यक्षहरु जयराम खत्री, गीता कार्की, लियो क्लब पिस थाहानगरका पूर्व अध्यक्ष कमल बिष्ट लगायतको आतिथ्यता रहेको थियो ।
लायन्स क्लब अफ थाहा पिस, पालुङ जेसिज र ग्लोबल ईन्स्टिच्युट एन्ड कन्सल्टेन्सीको सहयोगमा भएको कार्यक्रमको अफिसियल मिडियाहरु पालिका प्रेस डटकम, अर्थ सरोकार, थाहापाटी, थाहा टाइम्स, बाइरोड, दामन एफएम, टिम टिभी र स्टार अनलाइनखबर रहेका थिए । कार्यक्रम सचिव अजय कार्कीले संचालन गरेका थिए । तालिमका सहभागीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्