मकवानपुरको बागमती गाउँपालिकाले २४ भाद्रमा सार्वजनिक विदा दिएको छ । गाउँपालिकाको यन्त्र उपकरण शाखामा कार्यरत सहयोगी कर्मचारी प्रविण बज्युको दुर्घटनामा परी निधन भएपछि पालिकाले शोक विदा दिएको हो । २३ भाद्रमा सूचना प्रकाशन गरी २४ भाद्रका लागि शोक विदा दिइएको छ ।

शोक विदा गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु र स्वास्थ्य कार्यालयहरुका लागि मात्र हुने प्रमुख प्रशासकीय अधिकृत झम्क नारायण घलानले जानकारी दिए ।

२१ भाद्रमा भएको दुर्घटनामा गरी ज्यान गुमाएका बज्युप्रति दुःख व्यक्त गर्दै पालिकाले श्रद्धाञ्जली अर्पण गरेको छ । साथै गाउँपालिकाले उपचारत भेष कुमार गोलेलाई स्वास्थ्य लाभको कामना गरेको छ ।

सिन्धुली मदन भण्डारी राजमार्गमा मकवानपुरबाट सिन्धुलीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको बागमती गाउँपालिका–४ का २२ वर्षीय प्रविण बज्युको ज्यान गएको थियो । दुर्घटनामा परी बागमती गाउँपालिका–५ का २१ वर्षीय गोले गम्भीर घाइते छन् । गोलेले चलाएको बा प्र ०३–००५ प ९८६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–२, रतनपुरमा दुर्घटना भएको थियो ।

गोलेको चितवन जिल्लास्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पालिका प्रेस
थप जानकारी