ललितपुरको महांकाल गाउँपालिकामा पानीसहित अत्यावश्यकीय वस्तुको हाहाकार भएको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै गएको पहिरो र डुबानका कारण खानेपानीको समस्या भएको हो ।
‘विभिन्न ठाउँमा खानेपानीको मुहान दुषित हुन गएको, पानीको सप्लाइ बन्द भएको छ । टोल बस्तिहरु,खानेपानीका मुहानहरु डुबानमा छन् । डुवानका कारण जन जिवन अस्तव्यस्त भएको, विस्तापित भएको, जन धनको नोक्सान भएको प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले भने–यस्तो अवस्थामा पानीजन्य रोगहरू जस्तै आउ, रगतमासी,जुका, कमलपित्त (जन्डिस०, म्यादेज्वरो (टाइफाइड), झाडापखाला, हैजा सँक्रमण हुने भएकोले सबै महानुभावहरुले पानी शुद्धीकरण गरेर मात्र पानी पिउनु हुन अनुरोध छ। पछाडि हुनसक्ने महामारी बाट बच्न र बचाउन सबैलाई उमालेको पानी मात्र पिउनहुन अनुरोध छ ।’
महांकालमा सडक सम्पर्कबाट विच्छेद भएको छ भने विद्युत् सेवा पनि अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस्