ललितपुरको प्रयागपोखरीमा केन्द्रीय कार्यालय तथा ललितपुरकै ठैब र मकवानपुरको पालुङमा सेवाकेन्द्र सञ्चालनमा रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्था लि.को दशौं वार्षिक साधारण सभा पुन: नवराज विष्टको अध्यक्षतामा सञ्चालक समिति र नवराज थापाको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गर्दै २०८१ असोज १९ गते शनिबार ललितपुरमा सम्पन्न भयो । ४ वर्ष कार्यकाल रहने उक्त सञ्चालक समितिको उपाध्यक्षमा तारानाथ सापकोटा , सचिवमा प्रल्हाद महत , कोषाध्यक्षा सुरेन्द्र श्रेष्ठ र सदस्यमा मोहनप्रसाद हुमागाई, रविन बजगाईँ र सन्दीप हुमागाई हुनुहुन्छ भने लेखा सुपरीवेक्षण समिति सदस्यमा विदुर बस्नेत र उपेन महर्जन चयन हुनुभएको छ ।
सोही संस्थाका अध्यक्ष नवराज विष्टको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक एवं ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाईँको प्रमुख आतिथ्यमा उक्त साधारण सभा सम्पन्न भएको हो । प्रमुख अतिथि बजगाईँले पानसमा दीप प्रज्वलन गरि साधारण सभा उद्घाटन गर्नुभयो । त्यस अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि बजगाईँले समुदायमा आधारित रहेर सहकारी मूल्य र मान्यतालाई आत्मसात गरेर सञ्चालन भइरहेको मंगलदीप साकोसले स्थापना भएको छोटो समयमा नै सहकारी क्षेत्रमा अलग्गै परिचय बनाउन सफल भएको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । त्यस अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै जिल्ला सहकारी संघ लि. ,ललितपुरका कोषाध्यक्ष रुपेश तिमिल्सिनाले कतिपय सहकारी संस्था समस्यामा परिरहेको बेला मंगलदीप साकोसले गरेको प्रगति प्रशंसनीय रहृको छ भन्दै सो संस्थाको थप प्रगतिको कामना गर्नुभयो ।
साधारण सभामा संस्थाको सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सो संस्थाका अध्यक्ष नवराज विष्टले ‘समुदायमा रुपैया पैशा, मानव संशाधन एवं बौद्धिकता हुँदाहुँदैपनि छरिएर रहेको उक्त श्रोतहरुको सही रुपमा परिचालन हुन नसकेर समुदायको समय सापेक्ष विकास हुन नसकेको कुरा सबैले महसुस गरिसकेका थियौं तरपनि उक्त सबै समस्याको वास्तविक समाधान के हो त भनेर खोज्ने क्रममा सबै स्वीकारेको कुरा हो- सहकार्य , सहमती, एकता एवं सहयात्रा । यसै सन्दर्भमा २०७१ चैत्र ९ गते तत्कालीन डिभिजन सहकारी कार्यालय ललितपुरमा विधिवत रुपमा दर्ता भई २०७२ बैशाख १२ गतेदेखि औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको हाम्रो यो संस्थाले सदस्य ज्यूहरुको साथ र सहयोग तथा कर्मचारीहरुको मेहनत र लगनशीलताका कारण कार्यक्षेत्र भित्र छुट्टै पहिचान स्थापित गरि सामाजिक मर्म अनुरुप सञ्चालित भई छोटो अवधिमा आफूलाई एक कुशल संस्थाको रुपमा परिचित गराउन सफल भएको छ’, भन्नुभयो । संस्थाको गतिविधिको बारेमा चर्चा गर्दै उहाँले ३४ प्रतिशत तरलता भएको यस संस्थाले प्रविधिको उपयोग गरी सदस्यहरुलाई सहज ढंगबाट छिटो सेवा प्रवाह गर्ने उद्देश्यले मंगलदीप एप (Mangalderp App), एसएमएस (SMS) सुबिधा र क्युआर कोड (QR Code) सुबिधा सञ्चालन गरी नगदरहित कारोबारतर्फ प्रेरित गरिरहेको बताउनुभयो ।
साधारण सभामा सोही संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक सागरजङ्ग थापाले संस्थाको लेेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । शेयर सदस्यहरु बीच छलफल भई साधारण सभाबाट ती प्रतिवेदन पारित गरियो ।
साधारण सभाका अध्यक्ष विष्टले त्यस अवसरमा प्रमुख अतिथि बजगाईँ तथा अतिथिहरु जिल्ला सहकारी संघ लि., ललितपुरका सचिव अनिल वीर बज्राचार्य र कोषाध्यक्ष रुपेश तिमिल्सिना , बागमती प्रदेश सहकारी संघ लि.का व्यबस्थापक रुपक घिमिरे लगायतलाई मायाको चिनो प्रदान गरि सम्मान गर्नुभयो ।
त्यसै संस्थाका सचिव प्रल्हाद महतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो साधारण सभामा संस्थाका जेष्ठ सदस्य बलबहादुर कार्कीलाई जेष्ठ नागरिक सम्मानबाट तथा उत्कृष्ट नियमित बचतकर्ता सदस्यहरू कमला खड्का, अमृत मगर, सुशिलकुमार गुम्ता, शिवप्रसाद ध्वँ श्रेष्ठ, उमेश नारायण खड्का र सुरज घिमिरे , असल ऋणी सदस्य दिपेश श्रेष्ठ, नारी बचतमा राधा नेपाल, बाल बचतमा अनुष्का दाहाल र उत्कृष्ट कर्मचारी प्रतिक्षा सिलवाल, उत्कृष्ट अनलाइन कारोबारकर्ताद्वय मिलन लामा र कुमार ठोकरलाई सम्मान गर्नुका साथै सदस्यहरुका छोराछोरीहरु र बाल बचतकर्ताहरुमध्ये २०८० सालको एसईई (SEE) मा उत्कृष्ट जीपीए (GPA)का साथ उत्तीर्ण भएका सारिका सिलवाल र अविनास थापा मगरलाई एसईई सम्मान गरियो ।
त्यसैगरी त्यस संस्थाको पालुङ सेवाकेन्द्रतर्फका जेष्ठ सदस्य ज्ञानबहादुर क्षत्रीलाई जेष्ठ नागरिक सम्मानबाट तथा उत्कृष्ट बाल बचतकर्ता निशान के.सी. उत्कृष्ट दैनिक बचतकर्ता चन्द्रावती गोपाली, उत्कृष्ट महिला बचतकर्ता अञ्जु मोक्तान र असल ऋणी मिना तामाङलाई सम्मान गर्नुका साथै संस्थाका सदस्यहरुका छोराछो२ीहरु र बाल बचतकर्ताहरुमध्ये २०८० को एसईई (SEE) मा उत्कृष्ट जीपीए(GPA)का साथ उत्तीर्ण भएका दीपशिखा रायमाझी र शान्ति विष्टलाई एसईई सम्मानबाट सम्मानित गरिएको थियो ।
सो संस्थाको पालुङ सेवाकेन्द्र साधारण सभा कार्यक्रम २०८१ असोज १८ गते सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्