मनहरी गाउँपालिकाले आंशिक अपाङ्गता भएका व्यक्तिहरूलाई दशैँको अवसरमा निर्वाह भत्ता वितरण गरेको छ । हिन्दुहरूको महान पर्व विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी मङ्गलबार गाउँपालिकाले निर्वाह भत्ता वितरण गरेको हो ।
पूर्ण अपाङ्गता भएका मानिसलाई केन्द्र सरकारले मासिक रुपमा सामाजिक सुरक्षा भत्ता दिएपनि आंशिकको हकमा स्थानीय सरकारले अभिभावकत्व गर्नु पर्ने भन्दै यो कार्यक्रम राखिएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतिले जानकारी दिए । ‘आंशिक अपाङ्गता भएका मानिस भनिएपनि कोही पेशाव्यवसाय गर्न असक्षम हुन्छन् अध्यक्ष कालाखेतिले भने ‘चाडपर्वमा उनीहरुलाई पनि केही राहत मिलोस् भनी यो कार्यक्रम ल्याइएको हो’ ।
गाउँपालिकाले ७८ जना पहेलो कार्ड प्राप्त आंशिक अपाङ्गता भएका व्यक्तिहरूलाई रु ५ हजार ३ सयको दरले निर्वाह भत्ता वितरण गरेको हो ।
प्रतिक्रिया दिनुहोस्