नेकपा एमालेको शनिबार बसेको सचिवालय बैठकले १६ मंसिरमा हुने उपचुनावका उम्मेदवारको नाम अनुमोदन गरेको छ ।

पार्टीको तल्लो कमिटीले निर्णय गरेर पठाएका उम्मेदवारको नाम शनिबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

१६ मंसिरमा स्थानीय तहको प्रमुखदेखि वडाध्यक्षसम्मका ४२ पदमा उपचुनाव हुँदैछ । तीमध्ये धेरै ठाउँको उम्मेदवार एमालेले सर्वसम्मत रुपमा टुंग्याएको छ । उम्मेदवार टुंगिन बाँकी दैलेखको महाबु गाउँपालिकाको अध्यक्षबारे निर्णय लिने अधिकार सचिवालयले प्रदेश कमिटीलाई दिएको छ ।