हेटौंडा उपमहानगरपालिकाले चाडपर्वको बेलामा मानिसको भिडभाड तथा आपतकालीन अवस्थालाई लक्षित गरी घुम्ती शौचालय संचालनमा ल्याएको छ ।
पानी टुयाङ्की तथा हात धुने बेशन सहितको महिला, पुरुष दुवैलाई छुट्टाछुट्टै शौच गर्न ठाउँ बनाइएको शौचालयले १ किलोमीटर वरपर सार्वजनिक शौचालय नभएको ठाउँको लागि अत्यन्त उपयोगी हुने विश्वास गरिएको छ । फरेष्टी क्याम्पस र पुर्व रानी दरबार आगाडी खाली ठाउँमा राखिएको शौचालय यस्तै अरु ठाउँमा पनि आवश्यक भएको सेवाग्राहीहरुले बताउका छन् ।
हाल सञ्चालनमा रहेको घुम्ती शौचालय प्रभावकारी भएको सेवाग्राहीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्