मकवानपुरको कुलेखानी अर्थात इन्द्रसरोवर ताल । यो ठाउँ सबैका लागि परिचित छ । बोटिङ स्पेशल होस् या पदलमार्ग वा अरु जुनसुकै अवसरमा पनि जान सकिने ठाउँ हो कुलेखानी । नेपालकै पहिलो मानव निर्मित ताल वरीपरीका गाउँमा अव तोरीबारीको रमाइलो पनि लिन सकिन्छ । किसानहरुले व्यवसायिक रुपमा छरेको तोरी फुल्न थालेको छ ।

कुलेखानी तालको आसपासका बारीहरु यतिबेला तोरीको फुलले पहेँलिएको छ । इन्द्रसरोवर गाउँपालिकाको मार्खु र सिस्नेरीका बारीको दृश्य यति बेला सुनौलो छ । लाग्छ धर्तीमा सुन फलेको छ। सुन जस्तै पहेँलै तोरी फूलेका छन्।

यस्तो देखियो तोरी फुलेर पहेँलपुर भएको मार्खु, सिस्नेरी क्षेत्रः

विश्व बहादुर लामा
lamabeesuu@gmail.com
थप जानकारी