निर्वाचन आयोगले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनको लागि निर्वाचन अधिकृत तोकेको छ ।
आयोगले आज प्रेस विज्ञप्ति जारी गरी निर्वाचन अधिकृत तोकिएको जानकारी दिएको हो । १६ मंसिरमा ४२ जना निर्वाचन अधिकृत तोकेको हो । आयोगले ३२ जना जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । यस्तै, ६ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृतको रुपमा नियुक्त गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्