नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचन हुने ४४ स्थानमध्ये ३० स्थानको उम्मेदवार टुंगो लगाएको जनाएको छ ।

आज बसेको पदाधिकारी बैठकले स्थानीय तह हुँदै जिल्ला र प्रदेश कमिटीबाट शिफारिस भएर आएका नामध्ये मेयर, उपमेयर, अध्यक्ष उपाध्यक्ष र वडाध्यक्षमा गरी ३० जनाको नाम टुंगो लगाएको जनाएको छ ।

माओवादीले टुंगो लगाएका मेयर/उपमेयर र अध्यक्ष/उपाध्यक्ष

  • काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुखः प्रा.डा. शिवशरण महर्जन
  • मोरङको ग्रामथान गाउँपालिका अध्यक्षः नमोनारायण माझी
  • दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षः निमलेकी शेर्पा
  • रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षः ज्ञानदेवी पुन
  • दैलेखको महाबु गाउँपालिका अध्यक्षः जंग बराल
  • जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखः देवका लामिछाने
  • माओवादीले टुंगो लगाएका वडा अध्यक्षहरु
  • झापाको कन्काई नगरपालिका–६ः गणेश थापा
  • तेह्रथुमको लालिगुराँस नगरपालिका–८ः कुमार बराइली
  • सुनसरीको गडी गाउँपालिका–६ः कुशेश्वर खेरवार
  • उदयपुरको त्रियुगा नगरपालिका–१२ः नविन वान्तवा राई
  • बेलका नगरपालिका–९ः भरत घिमिरे
  • सप्तरीको डाक्नेश्वरी नगरपालिका–१, प्रमोद कुमार चन्द
  • डाक्नेश्वरी नगरपालिका–४ः विन्दादेवी राम
  • धनुषाको धनुषाधाम नगरपालिका–१ः सुनिल कुमार कापर
  • महोत्तरीको रामगोपाल नगरपालिका–२ः आइपी कुमारी यादव
  • काठमाडौँको कीर्तिपुर नगरपालिका–१ः अष्टमान महर्जन
  • कीर्तिपुर नगरपालिका–४ः नारायण बिष्ट
  • नुवाकोटको ककनी गाउँपालिका–२ः मिलन घिमिरे
  • मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ः नविन प्रधान
  • गोरखा नगरपालिका– ५ः विष्णु राना मगर
  • गुल्मीको मुसिकोट नगरपालिका–१ः दुर्गा विक
  • रुकुम पूर्वको पुथा उत्तरगंगा–२ः जगत घर्ती
  • बर्दियाको ठाकुरबाबा नगरपालिका–४ः शेरबहादुर थारु
  • रोल्पाको रुन्टीगढी गाउँपालिका–४ः नरेशजंग शाही
  • दुल्लु नगरपालिका–१३ः धकेन्द्र शाही
  • कालिकोटको तिलागुफा नगरपालिका–४ः कमल शाही
  • कुसे गाउँपालिका–७ः गोरख नेपाली
  • रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–५ः जसीराम बस्नेत
  • डोटीको पूर्वीचौकी गाउँपालिका–६ः देवीलाल थापा
  • कञ्चनपुरको भीमदत्त नगरपालिका–६ः नानाराम कोली
पालिका प्रेस
थप जानकारी