उपचार खर्चको अभावका कारण उपचारबाट बञ्चित रहेका एक बालकले अब स्थानीय सरकारको सहयोगबाट पूर्ण उपचार पाउने भएका छन् ।

१८ महिनाको आरोन स्याङतानले अब हेटौंडा उपमहानगरको आर्थिक सहयोगमा उपचार पाउने पक्का भएका हुन् । हेटौंडा-१५ का अध्यक्ष सुनिल मोक्तानले बालककाे उपचारका लागि सहयोग प्रस्ताव कार्यपालिका बैठकले स्वीकृत गरेको प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले जानकारी दिए ।

चिकित्सकको सल्लाह अनुसार उनकाे उपचारमा लाग्ने खर्च व्यहोर्ने नगर प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् । अहिले ३ लाख ५० हजार खर्च लाग्छ भनिएको छ त्यो खर्च उपमहानगरले व्यहोर्ने सोमबार बसेको कार्यपालिका बैठकले सर्वसम्मत निर्णय गरेको नगर प्रमुख लामाले बताइन् ।

आरोनको सानो शरीरमै असह्य पीडा छ । आरोन, जसले न आफ्ना आमाबाबुलाई भन्न बोल्न सक्छन्, न त आफ्नो पीडा व्यक्त गर्न । हरेक पटक दिशा गर्दा उनको आँखाबाट आँसु झर्छ । तर, बाबु मनिष थिङ र आमा एञ्जिला स्याङतान केवल टुलुटुलु हेर्न बाध्य छन् ।

पालिका प्रेस
थप जानकारी