हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवीन सिग्देलले शैक्षिक सुधारलाई प्राथमिकता दिईएको बताएका छन् । हेटौँडा ४ स्थित नन्दस्थान टोल विकास संस्थाको छैटौँ साधारणसभा उद्घाटन गर्दै वडाध्यक्ष सिग्देलले यस्तो बताएका हुन् । उनले हेटौँडालाई शैक्षिक केन्द्रको रूपमा विकास गर्न आवश्यक रहेकोले धेरै शैक्षिक संस्था र विद्यार्थी भएको भएकाले पनि शैक्षिक गुुणस्तर कायम गर्न आफूहरुले ध्यान दिएर अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।
विद्यालयको गुणस्तर सुधार्न स्थानीय सरकारले प्रत्यक्ष रूपमा ध्यान दिनपर्ने र पर्याप्त लगानी गर्नुपर्ने उनको जोड छ । विकासमा जनताको लागि भएकोले विकासमा जनसहभागिता र परिचालन महत्वपूर्ण हुने भन्दै वडालाई व्यवस्थित, सुविधा सम्पन्न बस्ती र व्यवसायिक शहर बनाउन सबै तहको सरकारसँग समन्वय भइरहेको बताए । खेलकुद क्षेत्र अगाडि बढाउन र धार्मिक पर्यटनको रूपमा वडालाई विकास गर्न विशेष ध्यान दिइएको उनको भनाई छ ।
सामाजिक रूपान्तरणको लागि सबै खाले विभेद, विकृति र हिंसा अन्त्य गर्ने र हरियाली र उज्यालो वडा बनाउन सामाजिक अभियान सञ्चालन गर्नुको साथै भाषा,संस्कृति र साहित्यलाई जनस्तरमा पु¥याउन वडा कार्यालय लागि परेको उनले बताए । साधारणसभाले पुनः देवकुमारी ढकालको अध्यक्षतामा उपाध्यक्ष उत्तराकुमारी रूपाखेती, सचिव किशोर दुलाल, सहसचिव निर्मल श्रेष्ठ र कोषाध्यक्ष उत्तम थापासहित ९ सदस्यीय कार्य समिति चयन गरेको बताईएको छ ।
हेटौँडा उपमहानगरपालिका सामुदाय परिचालन प्रमुख गंगा चौलागाई, अरनिको टोल विकास संस्थाका अध्यक्ष बीरेन्द्र ढुंगाना,संस्थाका प्रमुख सल्लाहकार उत्तम शर्मा ढकाल, सल्लाहकार राम श्रेष्ठलगायतले कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्