नेपाल हृदयरोग निवारण प्रतिष्ठान थाहानगर इकाईको दोस्रो वार्षिक साधारणसभा शिखरकोटको विकास घरमा भएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान हेटौंडा शाखाका वरिष्ठ उपाध्यक्ष ध्रुव भुजेलको प्रमुख आतिथ्यतामा १५ मंसिरमा साधारणसभा भएको हो ।
साधारणसभामा नेपाल हृदयरोग प्रतिष्ठानका मकवानपुर जिल्ला कोषाध्यक्ष अनिता न्यौपाने, एशोसियट सदस्य यादव गजुरेल, शिवराम शाही, निवर्तमान अध्यक्ष हरिकृष्ण कार्की, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्ट, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, थाहा २ का पूर्व वडा अध्यक्ष गुप्त बहादुर कार्की, नेकपा एमालेका नगर सचिव सुजन रायमाझी, च्वाइस नेपालका कुल प्रसाद तिवारीलगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।
सभा प्रतिष्ठान थाहानगर इकाई अध्यक्ष बिमल कुमार ढकालको सभाध्यक्षतामा भएको थियो ।
साधारणसभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ढकालले प्रतिष्ठानलाई निश्चित ठाउँ विशेष भन्दा पनि नगरपालिकाको सबै क्षेत्रमा फैलाउन जरुरी रहेको बताए । अध्यक्ष ढकालले ‘मन लगाऔं मुटु बचाऔं’ भन्ने नारालाई सार्थक तुल्याउन थाहानगर इकाइ लागिरहेको प्रतिवेदन मार्फत जानकारी गराए ।
साधारणसभामा प्रतिष्ठानका कोषाध्यक्ष सरोज बिष्टद्वारा २ लाख ९८ हजार रुपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा प्रस्तुत प्रतिवेदनहरु पारित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्